प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद विस्तार गरेका छन्।

सात मन्त्रालय फुटाएर १३ मन्त्रालय बनाउँदै राईले सत्तारूढ गठबन्धनका दलहरूलाई समेटेर आज मन्त्रिपरिषद विस्तार गरेका हुन्।

राई नेतृत्वको मन्त्रिपरिषदमा ईन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजना मन्त्री छन् । उनी यसअघि देखि नै मन्त्री थिए।

हिमाल कार्की सडक पूर्वाधार तथा सहरी विकास मन्त्री भएका छन् भने केदार कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री भएका छन् । उनीहरू पनि यसअघि नै मन्त्री भइसकेका थिए।

स्वास्थ्य मन्त्रीमा जयराम यादव, खानेपानी सिंचाइ तथा ऊर्जा मन्त्रीमा रामकुमार राई नियुक्त भएका छन्।

यस्तै राजन राई सामाजिक विकास मन्त्री, खिनुलङवा लिम्बु पर्यटन तथा संस्कृति मन्त्री भएकी छन्।

झलकबहादुर मगर कृषि मन्त्री भए भने शेखरचन्द्र थापा वन वातावरण तथा भू-संरक्षण मन्त्री भएका छन्।

यस्तै ओमप्रकाश सरावागी उद्योग, श्रम तथा रोजगार मन्त्री र प्रतापप्रकाश हाङगाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएका हुन्।

मुख्यमन्त्री राईले उपेन्द्रप्रसाद घिमिरेलाई यातायात व्यवस्था तथा सञ्चार मन्त्री र विष्णु तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरेका छन्।

आइतवार, २३ माघ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा