संखुवासभाको हिमाली क्षेत्रमा तीनदिन देखि लगतार परेको हिउँका कारण खाद्यान्न संकट परेको छ । हिउँ पर्ने क्रम अझै नरोकीदा संखुवासभाको किम्माथांकावासी खाद्यान्न संकटमा परेका हुन् ।
लगातार परेको हिउँले गर्दा चीन तिर जाने सडक र सदरमुकाम खाँदवारीतिर आउने सडक अबरुद्ध छ । त्यस क्षेत्रका भएका छाप्रा घरसमेत हिउँले पुरेका कारण घरभित्र सेताम्मे हिउँ मात्र परेको छैन चार फिटसम्म हिउँ जम्दा सर्वसाधरण हिउँले कठ्याङ्ग्रीएको स्थानीय पेम्बा नावाले जानकारी दिनुभयो ।
बिषेश गरी बालबालिका र ज्येष्ठ नागरिक लाई ज्यान बचाउँन समस्या भएको छ । भएको अन्नपात हिउँले पुर्दा र आवतजावत गर्ने बाटो समेत अबरुद्ध हुदाँ किम्माथांकाबासी समस्यामा परेका हुन् । स्थानीय पेम्बा नावाले खाद्यान्न संकट परेकाले राहतको लागि सबैसंग हारगुहार समेत गर्नु भएको छ । हुङ्गुङ, रिदाक, छुम्सुर क्षेत्रमा चार फिटसम्म हिउँ परेको जानकारी उहाँले दिनुभयो ।
हिउँ पर्ने क्रम अझै रोकीएको छैन । चिसोको कारण दाउँरा बालेर आगो ताप्न समेत समस्या परेको छ । पानीको मुहान माथि सेताम्मे हुँदा खानेपानीको समेत अभाव भएको छ । चौरीलगायतका चौपाया समेत बाक्लो हिउँका कारण समस्यामा परेकाछन् । तीनदिन देखि लगतार हिउँ पर्ने क्रम रोकीएको छैन । अहिले त्यस क्षेत्रमा खाद्यान्न संकट परेको स्थानीयको भनाई छ ।