सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भएको हिमपातका कारण जनजीवन कष्टकर बनेको छ। राजमार्ग बन्द भएका छन्।

बिहीवारदेखि परेको हिउँले राजमार्गमा जमेको छ। जसका कारण यातायात सेवा पूर्ण रुपमा बन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

अनारखोली, खोडपे, देहिमाडौं क्षेत्रमा परेको हिउँले दशरथचन्द राजमार्ग, सतबाँझ, धरमघर क्षेत्रको हिउँले महाकाली राजमार्ग र श्रीभावर, ढोल्यामोड क्षेत्रको हिउँको जयपृथ्वी राजमार्गमा सवारी साधन बन्द छ।

काठमाडौं, धनगढी, महेन्द्रनगरबाट आएका र दार्चुला, बैतडीबाट छुटेका यातायातका साधनहरुबीच बाटोमै रोकिएका छन्। बिहीबार दिउँसोदेखि राजमार्गमा यातायातका साधन बन्द रहँदा यात्रुहरु अलपत्र परेका छन्। हिउँले गर्दा धरमघरमा रोकिएका दोगडाकेदार९३ श्रीकोटका कृष्ण विष्टले भने, ‘बिहीवार दिउँसोदेखि धरमघरमै रोकिएका छौं। रातभरि गाडी बस्न बाध्य भयौं। मजस्तै अन्य सयौ यात्रु अलपत्र छौं।’

गाडी रोकिएर सयौं यात्रु अलपत्र परे पनि अहिलेसम्म सडक खुलाउन कुनै पहल नभएको यात्रुहरुले गुनासो गरेका छन्। प्रहरी प्रवक्ता खड्काले भने बिहानसम्म लगातार हिउँ परिरहेको र अब बिस्तारै रोकिन थालेकाले सडक खोल्ने तयारी भएको बताए।

‘लगातार हिउँ परिरहेकाले बिहानसम्म खुलाउन सकेनौं,’ उनले भने‚ ‘अब जेसिबीको सहयताले राजमार्ग सञ्चालन गर्छौं, दिउँसोसम्म पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी गरेका छौं।’

यसअघि दशरथचन्द राजमार्गको देहिमाडौं क्षेत्रमा परेको हिउँले रोकिएका सवारी साधनलाई हनुमानध्वज गुल्मबाट उपसेनानी बालाराम बुढाथोकीको नेतृत्वमा खटिएको नेपाली सेनाको टोलीले हिउँ पन्छाएर गन्तव्यमा पठाएको थियो। त्यसपछि पुनः हिमपात भएकाले राजमार्ग अवरुद्ध भएको र आज पनि सेनाको टोलीले खुलाउने प्रयास गरिरहेको हनुमानध्वज गुल्मका गुल्मपति सेनानी खिलबहादुर रानाले बताए।

शुक्रबार बिहान हिउँ पर्न रोकिए पनि मौसम भने खासै सुधार भएको छैन। हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ। चिसो बढेकाले जनजीवन कष्ठकर बनेको दशरथचन्द नगरपालिका-१ मुस्याचौरका महेश भट्टले बताए। चिसो बढेकाले स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन्। चिसोले बालबालिका तथा वृद्धवृद्धाहरुलाई बढी असर गर्ने भएकाले उनीहरुको ख्याल गर्न आग्रह गरिएको छ।

वर्षासँगै हिमपात भएपछि किसानहरू भने खुशी भएका छन्। हिमपात र वर्षाले गहुँ लगायतका हिउँदेबाली सप्रिने भन्दै किसान खुसी भएका हुन्। यस क्षेत्रमा तेस्रोपटक हिमपात भएको हो। यसअघि माघ दोस्रो हप्ता र पुसमा पनि हिमपात भएको थियो।

शुक्रबार, २१ माघ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा