पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १५०९ सहित देशभर थप ३१७५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
१० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २७४२ जना र २५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४३३ जना गरी ३१७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उपत्यकाको काठमाडौमा १२४९, ललितपुरमा १८३ र भक्तपुरमा ७७ जना गरी कुल १५०९ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ८७२३ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११७७८ पुगेको छ ।