पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित टहरा हटाउन १५ दिनको समय दिएको छ।

कोष परिषरमा रहेका अव्यवस्थित फलफूल, उपहार पसल, टहरा हटाउन कोषले भनेको हो। आज सार्वजनिक सूचना प्रकाशित गर्दै कोषले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई स्वच्छ र सुन्दर राख्ने उद्धेश्यले अव्यवस्थित टहरा हटाउन लागिएको स्पष्ट पारेको छ।

पशुपति क्षेत्रका मूल सडक, सहायक सडकहरूका पेटी, डबलीहरू र खुला चौर, कैलाश डाँडा तथा मृगस्थली, गोरखनाथ क्षेत्र, वन गणेश, पञ्चदेवल वृद्धाश्रम, भकुण्डोल क्षेत्र समेतमा अव्यवस्थित छाप्रा बनाई फूल, उपहार जन्य पसल व्यवसाय गर्ने र बसोबास गर्ने कार्यहरू भएको सूचनामा उल्लेख छ।

पशुपति क्षेत्रको मापदण्ड एवं कोषको स्वीकृति नलिई सञ्चालित पसल तथा बसोबासका लागि बनाइएका अस्थायी टहराहरू र वनकाली वन गणेश क्षेत्रमा रहेका अस्थायी फूल पसल, पूजा सामग्री पसल, पूजा भाडा पसलहरू यसअघि कोष र त्यस क्षेत्रमा सञ्चालित पसलवालाहरूसँग भएको सहमति बमोजिम कोषले निर्माण गरेका स्थायी संरचनामा गोलाप्रथाबाट छनोट भएकाहरूले कोषको सार्वजनिक खरिद महाशाखामा समन्वय गरी तत्काल सामान सारी सञ्चालन गर्न भनिएको छ।

बिहिबार, २० माघ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा