Trending
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति घोषणा नहुँदासम्म मतदाता नामावली संकलनको कार्यलाई जारी राख्ने बताएको छ ।
मिति घोषणा भएको दिनसम्मको मात्रै विवरण अद्यावधिक गरी अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जानकारी दिएको छ ।
स्थानीय चुनावलाई लक्षित गरेर आयोगले विशेष अभियान सञ्चालन गरी गत मंसिर १७ देखि १९ सम्म पालिकास्तरमै प्राविधिक खटाएर नामावली संकलन गरेको थियो ।
अभियान सकिए पनि ७७ निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन, ७३ वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन भइरहेको आयोगले जनाएको छ ।