नेपाल भोटे जनजाति सेवा संघका केन्द्रीय सचिव दावा भोटेले भोटे एकतामा जोड दिनु भएको छ । नेपाल भोटे जनजाति सेवा संघ जिल्ला कार्यसमिति काठमाडौ गठन कार्यक्रममा उहाँले भोटेको पहिचान भोटे भएकाले पहिचान संरक्षणको लागि एक जुट हुन देशभरका भोटेहरुलाई आह्वान गर्नुभयो ।
भोटेको अस्तित्व मेट्न अहिले भोटेभित्र पनि ल्होमी, सिङ्सावा, नावालगायतका थर हावि भएको भन्दै नेपाल भोटे जनजाति सेवा संघले सबैलाई खारेज गर्ने चेतावनी दिनुभयो । भोटे समूदायको बारेमा संघले अध्ययन गरी रहेको भन्दै भोटेलाई मात्र मान्यता दिएर अन्य जात उपजात खारेज हुन सक्ने उहाँको भनाई थियो । भोटे आफ्नो पहिचान र ईज्जत भएकाले यसलाई बचाउन आफूले जुनसुकै मूल्य चुकाउने उहाँको भनाई थियो ।
भोटेको नाममा अहिले बिभिन्न उपद्रो मच्चाउने हावि भएको भन्दै सिङ्गो भोटे समूदाय चनाखो हुनु पर्ने बताउनुभयो । हिमालय भोटे समाजका अध्यक्ष जम्लिङ् भोटेले भोटेको अस्तित्व बचाउन लागि पर्ने बताउनुभयो । नेपालमा भोटे समूदायको आफ्नो छुट्टै पहिचान भएको भन्दै अब कसैले अपहेलित महसुश गर्न नपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा नेपाल भोटे जनजाति सेवा संघ जिल्ला कार्यसमिति काठमाडौका अध्यक्ष छिरीङ पान्देन भोटेले भोटेको अस्तित्व मेटाउन खोज्नेलाई नछाड्ने चेतावनी दिनुभयो । भोटे लसुन, भोटे कुकुर, भोटे साँचो यो भोटेको ब्राण्ड भएकाले यसलाई बचाई राख्न सबै लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रम सञ्चालक तथा युवा नेता मिथुन चाङ्पा भोटेले भोटेको पहिचान भोटे मात्र भएकाले ल्होमी, सिङ्सावाको कुनै पहिचान नभएको पनि बताउनुभयो । भोटे समूदायमा अहिले शिक्षा र चेतना बिस्तार भएको भन्दै आफ्नो पहिचानको लागि भोटे लेख्न सबैलाई आग्रह गर्नुभयो ।
नेपाल भोटे जनजाति सेवा संघ जिल्ला कार्यसमिति काठमाडौ गठन
कार्यक्रममा छिरीङ पान्देन भोटेको अध्यक्षतामा नौ सदस्यीय काठमाडौ जिल्ला कार्यसमिति चयन गरीएको छ । उपाध्यक्षमा तप्चेन भोटे, सचिवमा तेम्बा भोटे, सहसचिव फुर्बु जेनजेन भोटे, कोषाध्यक्ष सोनु भोटे र सदस्यहरुमा पिम्बा तेन्जिङ भोटे,दोर्चि भोटे, पिम्बा भोटे र महिला सदस्यमा छिरीङ भोटे रहनु भएको छ ।
नवर्निवाचित कार्यसमितिलाई केन्द्रीय सचिव दावा भोटेले खादा र अविर लगाएर बधाई दिनुभएको थियो । कार्यक्रममा भोटे समाजका अगुवाहरुले भोटे समूदायको हक, अधिकार र अस्तित्व मेटीन नदिन युवाहरुको ध्यानाकर्षण गराएका थिए ।