कोरोना महामारी र खराब मौसमका कारण अमेरिकामा हवाई उडान अहिलेसम्मकै उच्च संख्यामा रद्द भएको छ ।

शनिबार मात्रै विश्वभर ४ हजार ४ सयभन्दा बढी उडान रद्द भएका थिए । त्यसमध्ये २ हजार ५ सय भन्दा बढी उडान अमेरिकामा मात्रै रद्द भएको हवाई ट्राफिक सम्बन्धी वेबसाइट फ्लाइट अवेरले जनाएको छ ।

कोरोना संक्रमितको सम्पर्कमा आएपछि चालक दलका सदस्यलाई क्वारेन्टिन बस्नु पर्ने लगायतका कारण एयरलाइन्सहरुमा कर्मचारीको अभाव हुने गरेको छ ।

यात्रुहरुका समस्याका साथै मध्य अमेरिकामा परेको बाक्लो हिमपातले पनि हवाई उडान प्रभावित भएका छन् । सिकागो, ओहारे र मिडवे विमानस्थलमा मात्रै १ हजारभन्दा बढी उडान रद्द भएका छन् ।

ओमिक्रोन संक्रमणका कारण कर्मचारी अभाव हुनु र मौसमी खरावी विशेष गरी हिमपातका कारण उडान रद्द गर्नुपर्ने अवस्था आएको एयरलाइन्सहरुले जनाएका छन् ।

आइतवार, १८ पुस, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे