Trending
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गतको निर्वाचन कार्यक्रम आइतबार दिउँसोसम्मको लागि स्थगित भएको छ ।
माओवादी केन्द्रको निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले आइतबार दिउँसो १ बजेसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरेको जानकारी दिए ।
केन्द्रीय सदस्यमा सहमति जुटाउन आयोजकहरुले समय दिनुपर्यो भनेपछि निर्वाचन कार्यक्रम भोलि दिउँसोसम्म स्थगित गरेको उनले बताए । उनले भोलि १ बजेसम्म सहमति भएन भने २ बजेबाट आवेदन लिने गरि निर्वाचन कार्यतालिका संशोधन गरिएको जानकारी दिए ।
यसअघि माओवादीले शनिबार राति ८ बजेदेखि साढे १० बजेसम्म केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता र आइतबार बिहान साढे ११ देखि ४ बजेसम्मका लागि मतदानको समय तोकिएको थियो ।
