राष्ट्रियसभा निर्वाचनको निर्वाचन प्रक्रिया आज (शनिबार) देखि सुरु हुँदैछ । राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि माघ १२ गतेलाई तय गरिएको मतदानको प्रक्रिया आज सुरु हुन लागेको निर्वाचन आयोगले जनाएको छ ।

आगामी फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसदको पदावधि सकिँदैछ । जसमा १९ जना विभिन्न राजनीतिक दलबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्नेछन् भने १ जना राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनित भएका सांसद छन् ।

निर्वाचन कार्यक्रमअनुसार आज मतदाताको नामावली प्रकाशन, दाबी विरोधको उजुरी तथा नाम सच्याउन दरखास्त दिने लगायतका कार्यक्रम छन् ।

राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहमा १ हजार ४ सय ९३ जना र प्रदेश सभामा ५ सय ३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता रहेको आयोगले जनाएको छ । त्यस्तै मतदानको लागि आठ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

राष्ट्रियसभा निर्वाचनमा भाग लिन १२ दल दर्ता भएका छन् । आयोगले प्रतिनिधिसभा निर्वाचनमा दलले पाएको समानुपातिक मतका आधारमा राष्ट्रियसभा निर्वाचनको मतपत्रमा चिन्हको प्राथमिकता निर्धारण गर्ने भएको छ ।

फागुन २० मा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ३, एकीकृत समाजवादीका ४, नेकपा ९माओवादी केन्द्र० का ४ र एकजना राष्ट्रपतिबाट मनोनित सांसदको कार्यकाल सकिँदैछ ।

शनिबार, १७ पुस, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे