सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आजदेखि सातौं चरणका खेलहरु सुरु हुँदैछन् ।

दुई विभागीय टोली सशत्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच दिउँसो १ बजे खेल हुनेछ भने फ्रेन्ड्स क्लब र न्युरोड टिम एनआरटीबीचको खेल दिउँसो पौने ५ बजे सुरु हुनेछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछन् ।

११ औं स्थानमा रहेको एपीएफलाई रेलिगेसनको डर अझै रहेको छ । त्यसैले आर्मीलाई हराउँदै एपीएफ अंक तालिका सुधार गर्न चाहन्छ । तर, बलियो आर्मीविरुद्ध एपीएफलाई जित निकाल्न कठिन हुनेछ ।

चौंथो स्थानमा रहेको आर्मी एपीएफलाई हराएर शीर्ष तीन भित्र उक्लने दाउमा रहेको छ ।

पुछारमा रहेको फ्रेन्ड्स जारी लिगमा जित निकाल्न नसक्ने एक्लो टिम हो । तर, आज एनआरटीलाई हराएर फ्रेन्ड्स पहिलो जित निकाल्न चाहन्छ ।

यसैगरी, आठौं स्थानमा रहेको एनआरटी फ्रेन्ड्सलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।

शुक्रबार, १६ पुस, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे