कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोगिरहेका एक कैदी भागेका छन्। घोराहीस्थित जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका राजपुर गाउँपालिका बेलाका २८ वर्षीय जयराम परियार उपचारका लागि अस्पताल लगिएका बेला फरार भएका हुन्।

जयराम उपचारका लागि बिहीबार बिहान ११ बजे प्रहरी जवान धनबहादुर चौधरीसँगै लु ३४ प ४१० नम्बरको मोटरसाइकल चढेर अस्पताल गएका थिए। उपचारका लागि हतकडी खोलेपछि उनले प्रहरी जवान चौधरीकै मोटरसाइकल लगेर भागेको बताइएको छ।

प्रहरी जवान चौधरीलाई थुनामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए। जयरामले अहिलेसम्म साढे सात वर्ष कैद सजाय भुक्तानी गरिसकेका छन्। उनी कारागारका नाइके पनि हुन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

शुक्रबार, ९ पुस, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे