पत्रकार डेकेन्द्रराज थापाको हत्या भएको १७ वर्षपछि हत्यामा संलग्न मुख्य आरोपी मध्येका ‘अरुण’ भन्ने बमबहादुर खड्का सहित तीन जनालाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासबाट सो फैसला भएको हो । १७ वर्षपछि दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका ४१ वर्षीय बम बहादुर खड्कालाई सो सजाय भएको हो ।

उनीसँगै ९ जना विरुद्ध जाहेरी परेपछि पक्राउ पर्ने डरले लुकीछिपी बस्दै आएका खड्कालाई २ वर्ष अघि कैलाली प्रहरीले पक्राउ गरी दैलेख पठाएको थियो ।

डेकेन्द्र हत्या प्रकरणको मुख्य अभियुक्त रहेका खड्कालाई दैलेख जिल्ला अदालतमा बुझाएपछि मुल्तबीमा रहेको मुद्दा जगाउँदै २०७६ फागुन २१ गते गरेको थुनछेक बहसपछि त्यही दिन दैलेख कारागार चलान गरेको थियो ।

हत्यामा संलग्न अन्य दुई जनालाइ २० वर्ष जन्मकैदको फैसला भएको श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । दुईजना अहिलेपनि फरार छन् ।

सशस्त्र युद्धको बेला २०६१ साउन २७ गते नौमुलेको द्वारीमा माओवादी कार्यकर्ताहरुले विद्यालयको भवनमा उल्टो झुन्डाएर मरणासन्न हुने गरी कुटेर पत्रकार थापाको हत्या गरेका थिए ।

सोमवार, २७ मंसिर, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा