बेलायतले कोरोना भाइरसको बढ्दो संक्रमण र विस्तारलाई रोक्न बेलायतबाट प्रस्थान गर्नुअघि अनिवार्य रुपमा कोरोनाको परीक्षण गर्नुपर्ने व्यवस्था लागू गर्ने भएको छ ।

यात्रुहरुका लागि लगाइएको नयाँ नियम आगामी मंगलबार देखि लागू हुने बेलायती स्वास्थ्य मन्त्री सापित जाभेदले बताएका छन ।

बेलायतबाट प्रस्थान गर्नुअघि दुई दिन भित्रमा १२ वर्षभन्दा माथिका सबैले कोरोना परीक्षण गर्नुपर्नेछ । यस अघि बेलायत आउँदा कोभिड नेगेटिभ भएमा २ दिन सेल्फ आइसोलेसनमा बसे पुग्ने व्यवस्था थियो ।

बेलायतले यात्रा प्रतिबन्ध लगाएका दक्षिण अफ्रिका सहितका ७ मुलुक रहेकोमा अब नाइजेरिया पनि खतराको सूचीमा थप भएको छ । नाइजेरियाबाट आउने नागरिकले अनिवार्य रुपमा १० दिन होटेल क्वारेन्टिनमा बस्नुपर्नेछ ।

नाइजेरियाबाट आउने २१ जना यात्रुमा ओमिक्रोन संक्रमण भएको फेला परेपछि प्रतिबन्ध कडाई गरिएको हो । बेलायतमा हालसम्म १ सय २९ जनामा ओमिक्रोन संक्रमण भइसकेको छ । बेलायतमा पछिल्लो २४ घन्टामा मात्रै ४२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतवार, १९ मंसिर, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे