सरकारले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको कुरा सरकारका प्रवक्ता तथा न्याय, कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकले प्रशासन समुहका सहसचिव रबिलाल पन्तलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । यही असोज २४ गतेदेखि २८ सम्म परराष्ट्र मन्त्रीको नेतृत्वमा असंलग्न आन्दोलनको उच्चस्तरीय बैठकमा सहभागी हुने प्रतिनिधि मण्डलको गठन गन निर्णय पनि भएको छ ।

वैदेशिक रोजगार न्यायाधीरकणको रिक्त सदस्य पदमा सह न्यायाधिवक्ता डा गोपीचन्द्र भट्टराईलाई तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले बताए । मन्त्रिपरिषदको बैठकले ऋण असुली न्यायीकरणको रिक्त कानुन सदस्य पदमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव विष्णुप्रसाद रेग्मीलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

बैठकले विद्युतीय राहदानीको बुकलेटमा उल्लेख हुने सुरक्षा विशेषताहरू स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

मङ्लबार, १९ अशोज, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे