संघीय संसद राष्ट्रिय सभाको बैठक आज (सोमबार) बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण संघीय संसदका दुवै सदन सहज रुपमा चल्न पाइरहेका छैनन् ।

यस्तो छ आजको सम्भावित कार्यसूची

राष्ट्रपतिको कार्यालयको पत्र

१. सम्माननीय अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र अध्यादेश खारेज सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनु हुने ।

प्रतिवेदन पेश

२. सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महालेखापरीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन, २०७८’ सभा समक्ष पेश गर्ने ।

व्यवस्थापन कार्य

३. विधायन व्यवस्थापन समितिका माननीय सभापति परशुराम मेघी गुरुङले ‘अध्यागमन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने ।

४. माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले तपसिल बमोजिमका विधेयकहरुलाई सभासमक्ष पेश गर्ने ।

(क) फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७८

(ख) यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७८

५. सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले

(क) ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।

(ख) ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।

(ग) ‘अभिलेख संरक्षण ९पहिलो संशोधन० विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।

(घ) ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।

सोमवार, १८ अशोज, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा