मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन अझै केही दिने सक्रिय रहने छ। नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ रहे पनि यस वर्ष अझै सक्रिय रहेको छ।

‘नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहेता पनि यस वर्षको मनसुन हालसम्म पनि सक्रिय अवस्थामा नै रहेको छ‚’ महाशाखाले भनेको छ‚ ‘हाल भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभावका कारण देशभर आंशिक देखि सामान्य बदली छ।’

महाशाखाका अनुसार आइतबार बिहान प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य र बाँकी भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश १ र प्रदेश २ का अधिकांश स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो पनि देशभर मौसम बदली रही देश १, प्रदेश २ र बागमती प्रदेशका अधिकांश स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ र प्रदेश २ का केही स्थानमा भने भीषण वर्षाको सम्भावना छ।

आइतबार राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको महामशाखाले जनाएको छ। केही ठाउँमा भने भीषण वर्षा हुने जनाइएको छ। बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आइतवार, १७ अशोज, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा