आज ३१औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईंदैछ । यस दिन आफ्नो जीवनको उर्जाशील समय देश,समाज र परिवारका लागि खर्चिने ज्येष्ठ नागरिकहरुको योगदानलाई स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान प्रकट गरिन्छ ।

संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’को रूपमा मनाउने प्रस्ताव पारित गरेपछि सन् १९९१ देखि आजको दिन अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउँदै आएको हो ।

यस वर्षको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका लागि संयुक्त राष्ट्र संघले ‘सबै उमेर समूहको लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने मूल विषय निर्धारण गरेको छ ।

नेपालमा आधुनिकतासँगै बदिलंदो परिवेशले नेपालका ज्येष्ठ नागरिकहरुको अवस्था भने कमजोर हुँदै गएको पाइएको छ । खासगरी युवाहरु शहर तथा विदेशमा पलायन हुने गरेकाले घरमा ज्येष्ठ नागरिक अलपत्र पर्ने मात्र होइन मानव अधिकारबाट समेत वन्चित हुन थालेका छन् ।

कतिपयले त ज्येष्ठ नागरिकलाई अनुत्पादक तथा बोझका रुपमा लिएर हेंला गर्ने गरेका उदाहरण पनि छन् । नेपालको संविधानको धारा ४१ मा मौलिक हक अन्तर्गत ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनी उल्लेख गरिएपनि कतिपय बुढेशकालमा बेसहारा जीवन बिताउन बाध्य हुन्छन् ।

राज्यले वृद्ध भत्ता र उपचारखर्च सहित अहिले मासिक ४ हजार रुपैयाँ उपलब्ध गराउदै आएको छ । नेपालको कुल जनसंख्याको करिब ९ प्रतिशत अर्थात् २५ लाखको संख्यामा रहेका ज्येष्ठ नागरिक मध्ये अधिकांश साक्षर नहुँदा राज्यले उपलब्ध गराएको सेवा र सुविधा लिनबाट समेत वन्चित भएका छन् ।

-रासस

शुक्रबार, १५ अशोज, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा