सर्वोच्च अदालतको पूर्ण इजलासमा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ भएको छ ।

यसैगरी सम्पत्ति शुद्धीकरणसम्बन्धी मधुकुमारी चौधरी विपक्षी रहेको मुद्दा, ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्माबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको मुद्दा, जिल्ला अदालत कास्कीविरुद्धको बन्दी प्रत्यक्षीकरणको मुद्दा र कालो बजारी तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरमा नेपाल सरकार विपक्षी रहेको रोशन जैसवालले दायर गरेको मुद्दाको पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सुनुवाइ गरेका छन ।

जसमा दुई मुद्दामा कारण देखाउ आदेश जारी गरिएको छ भने एक मुद्दा तामेलीमा राखिएको छ । त्यस्तै एउटा मुद्दा फिर्ता गर्ने र अर्को कैफियत माग गर्न प्रधानन्यायाधीशले आदेश जारी गरेका छन ।

प्रधानन्यायाधीश जबराको पूर्ण इजलासले लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ गर्दै मुद्दा तामेलीमा राख्न आदेश जारी गरेका हुन ।

यसैगरी सम्पत्ति शुद्धीकरणसम्बन्धी मधुकुमारी चौधरी विपक्षी रहेको मुद्दामा निवेदन फिर्ता लिन आदेश भएको छ । त्यस्तै ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्माबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको मुद्दा र जिल्ला अदालत कास्कीविरुद्धको बन्दी प्रत्यक्षीकरणको मुद्दामा कारण देखाउ आदेश जारी भएको छ ।

साथै कालो बजारी तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरमा नेपाल सरकार विपक्षी रहेको रोशन जैसवालले दायर गरेको मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश जारी भएको सर्वोच्चले जनाएको छ ।

बुधबार प्रधानन्यायाधीश जबराले ११ वटा इजलास तोकेका थिए । अन्य न्यायाधीशहरु पेशी बहिष्कार गर्दै आन्तरिक छलफलमा जुटेका छन ।

बुधबार, १० कार्तिक, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !