प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरासँग असन्तुष्ट न्यायधीशहरुको सम्बन्धमा मंगलबार बसेको नेपाल बार एशोसियशनको सल्लाहकार समितिले प्रधानन्याधीशको राजीनामा माग गर्नुपर्ने सुझाव प्रदान गरेको छ ।

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईका अनुसार सल्लाहकार समितिका ९९ दशमलव ५ प्रतिशतको प्रधानन्यायधीश जबराको राजीनामा माग्नुपर्ने अन्यथा देशव्यापीरुपमा आन्दोलन नै गर्नुपर्ने विषयमा मत केन्द्रित रहेको छ ।

यसैगरी वरिष्ठ अधिवक्ता शम्भु थापाले पनि सर्वोच्च अदालतको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने बताए । अधिवक्ता हरिकृष्ण कार्कीको अध्यक्षतामा गठन गरिएको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने बताउदै थापाले सडकमा नै उत्रनुपर्ने अवस्था समेत आउन सक्ने बताए ।

यसैगरी, वरिष्ठ अधिवक्र रमण श्रेष्ठले पनि प्रधानन्याधीशले तत्काल राजीनामा दिनुपर्ने बताए । उनले अहिले नै सडक आन्दोलनको कार्यक्रम भने तय नभएको तर राजीनामा नआए अर्को कार्यक्रम तय गर्नुपर्ने तर्क राख्नुभयो ।

एशोसियशनका वरिष्ठ अधिवक्ता, पूर्व पदाधिकारी र सल्लाहकारहरुसँग गरेको छलफलले यस्तो सुझाव निकालेको हो । यस विषयमा बारको कार्य समितिको बैठकले निर्णय गर्नेछ ।

 

मङ्लबार, ९ कार्तिक, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा