पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ३६९ सहित देशभर थप १०७८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ८६ हजार ६१४ जना पुगेको छ ।
८ हजार ५५५ जनामा पीसीआर परीक्षण गर्दा ८९८ जना र ३२१० एन्टिजेन परीक्षणमा १८० जनामा गरी १०७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका २६७, भक्तपुरका ३७ जना र ललितपुरका ६५ गरी उपत्यकामा कुल ३६९ जना कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ९११ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ६५ हजार ७५८ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या १११३५ पुगेको छ ।