पूर्वजको थलो काभ्रे भए पनि हाल काठमाडौंको पुरानो वानेश्वरमा बस्दै आएका गुणराज प्याकुरेल सन् २००७ मा यूके नगएको भए सायद अहिले मानव अधिकारको शिक्षामा सक्रिय हुँदैन थिए । १३ वर्षको उमेरदेखि नै स्काउटमा आबद्ध उनी स्काउट को विश्व ज्याम्वोरि मा बेलायत पुगेपछि त्यहीँ मानव अधिकार शिक्षाको विषयमा थाहा पाए ।

बेलायतबाट नेपाल फर्कनासाथ उनले आफ्ना नजिकका केही साथीहरुसँग सहकार्य गर्दै युथ फोरम ह्युमन राइट्स नामक संस्था स्थापना गरे । उनी अहिले यो संस्थाको नेपाल अध्यक्ष छन् । यो संस्था २०११ सालदेखि नेपालमा सक्रिय छ । यसको हाल ३६ वटा जिल्लामा शाखा विस्तार भइसकेको छ । यो शाखा पूर्वको झापादेखि सिन्धुपाल्चोकसम्म जोडिएको छ ।

‘हामी सबै उमेरका व्यक्तिहरुलाई मानव अधिकार शिक्षा दिइरहेका छौं । वार्षिक रुपमा झण्डै १२ हजार व्यक्तिहरु लाई प्रशिक्षण गरिरहेका छौं । हामी उनीहरुलाई मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्रका ३० वटा बुँदाबारे प्रशिक्षण दिन्छौं’, उनी भन्छन् ।

उनका अनुसार विद्यालय, कलेज र सशस्त्र प्रहरी बलका जवानहरुलाई मानवअधिकार सम्बन्धी कानूनबारे प्रशिक्षण दिइन्छ । यसमा अडियो र भिजुअल प्रविधि पनि अपनाइन्छ ।

मानव अधिकार क्षेत्रमा आउनु अघि उनले पाँच वर्ष एनआइडीसी क्यापिटल मार्केटमा जागिर खाए । उनी केही फरक काम गर्न चाहन्थे, जसकारण बैंकको जागिर छोडे ।

गुणराजका अनुसार उनको संस्थामा तीनवटा समूह छ । जसले आफ्नो क्षेत्रमा मानवअधिकार शिक्षाको विषयमा काम गरिरहेको छ । उनले मानव अधिकार शिक्षाकै विषयमा काम गरेर बेल्जियम, स्वीटजरल्याण्ड, बंगलादेश, भारत, श्रीलंका, अमेरिका र माल्दिभ्सलगायतका मुलुक घुमिसकेका छन् ।

उनको संस्थाले राष्ट्रिय मानव अधिकार आयोगसँग सहकार्य गर्दै काम गरिरहेको छ । प्याकुरेल लाई मानवअधिकार र दैवीप्रकोप मा कार्य गरेकोमा २०१४,२०१५,२०१७ मा युथ फोरम ह्युमन राइट्स ईन्टरनेश्नलले हिरो एवार्ड प्रदान गरेको छ भने भारतको युनिभर्सल तामिल युनिभर्सिटीले विधा वारिधि प्रदान गरेको छ।

बिहिबार, १४ अशोज, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा