काठमाडौंको कपनबाट हराएका चार वर्षिय बालक भारतको बिहारमा भेटिएका छन् । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ कपनबाट गत सोमवारदेखि हराएका बालक भारतको बिहारमा हिजो सकुशल भेटिएका हुन् ।

भारतको बिहार घर भई कपनको टहरामा बस्दै आएका विनोद शर्माका ४ वर्षीय छोरा पियुस सोमबार साँझ ४ बजेदेखि सम्पर्कविहीन भएका थिए । उनको खोजी गर्दा बिहारमा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए ।

विनोदकै साथी शंकर दासले उनलाई बिहार लगेको खुलेको हो । भारतीय प्रहरीसँग समन्वय गरी उनीहरूको खोजी गरिएको थियो । बिहारमा भएका आफन्तहरूले पियुसको जिम्मा लिइसकेको एसएसपी सिंहले जानकारी दिए । यता शंकरमाथि भने प्रहरीले अनुसन्धान थाल्ने भएको छ ।

उनले किन बालक लगे भन्ने अहिले नै खुलिनसकेको प्रहरीले जनाएको छ । हिजोसम्म पनि बालक सम्पर्कमा नआएपछि परिवारले प्रहरीको कन्ट्रोल नम्बरमा सम्पर्क गरेको थियो । त्यसपछि प्रहरीले बालकको खोजी थालेको थियो । बालकका बाबु बिनोद र शंकर दुबै जना काठमाडौंमा सँगै शिशाको काम गर्ने साथीहरू हुन् ।

 

बुधबार, १३ अशोज, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे