तराई क्षेत्रका महिलाहरूले आज जितिया पर्व मनाउँदैछन्। थारु तथा मिथिलाञ्चलका महिलाहरूले तीन दिनसम्म मनाइने जितियाको आज मुख्य दिन हो।

यो पर्व मनाउने महिलाहरूले हिजो बिहानदेखि पानी पनि नखाई बसेको व्रत आज बिहान व्रत तोडेका छन्। असोज कृष्णपक्षका सप्तमी, अष्टमी र नवमी गरी तीन दिन मनाइने यस पर्वको सप्तमीको दिनलाई लाहा खाएके, अष्टमीको दिनलाई उपास र नवमीको दिनलाई पारन भनिन्छ।

पहिलो दिन पूजाआजा तथा विभिन्न परिकार खाएर मनाउने चलन छ। व्रतको पहिलो दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ। जसलाई मिथिलाञ्चलमा माछ मरुवा भनिन्छ। दोस्रो दिन महिलाहरू निराहार व्रत बस्ने र तेस्रो दिन व्रत तोडने गर्छन्। आज बिहान सूर्यलाई पूजा गरेर व्रत समाप्त भएपछि महिलाहरू एकै ठाउँमा जम्मा भएर कथा सुन्ने सुनाउने प्रचलन छ।

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक रहेको छ। जितिया पर्वको अवसरमा आज प्रदेश २ सरकारले सार्वजानिक बिदा दिएको छ।

यसै अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले शुभकामना दिएका छन्।

यस्तै जितिया पर्वको उपलक्ष्यमा प्रदेश २ मा सार्वजनिक बिदा दिइएको छ ।

बुधबार, १३ अशोज, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा